site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना नगरिए आन्दोलन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष थापाले यो व्यवस्था असफल भएको भन्दै विकल्पमा नेपाली जनताको चाहनाअनुरूप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्धि कायम हुनुपर्ने माग गरे ।

उनले सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना नगरिए आन्दोलन नै अन्तिम विकल्प रहेको जिकिर गरे ।

“राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना गर्न यदि राजनैतिक दलहरू तयार हुने हो भने, सहमत हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिन्छ,” उनले भने, “यदि, सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प हो ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro