site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारमाथि प्रहार गर्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री
तस्बिर : प्रदीपराज वन्त/रासस ।

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले एनसेल प्रकरणमा ठूलो भ्रष्टाचार गरेको भन्ने दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले दुबईबाट फर्कंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमुना पाएको उल्लेख गरे । राष्ट्र, जनता, संविधान र लोकतन्त्रको हितमा आफू अघि बढिरहेको उनले बताए । उनले दुष्प्रचार गर्नेहरूको प्रतिवाद गर्न पनि आग्रह गरे ।

Dabur Nepal
NIC Asia

“अर्बौँअर्बको पहिला–पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको छ एनसेलमा भनेर प्रचार भयो । म दुबईबाट फर्कंदै गर्दा मैले दुष्प्रचारको, षड्यन्त्रको र घटिया प्रचारको नमुनाको रूपमा त्यसलाई लिएँ । मैले बाहिर केही प्रतिवाद गरिनँ । मैले राष्ट्रको हितमा, जनताको हितमा, हाम्रो संविधान र हाम्रो लोकतन्त्रको हितमा जे गर्नुपर्छ, दृढताको साथ अघि बढेँ,” उनले भने, “तपाईं कल्पना गर्नुस्, यति तलबाट मान्छेहरूले सोच्ने, भन्ने र खुला प्रचार गर्न सक्छन् भने तपाईं हामी जो सत्यको पक्षमा, न्याय, जनताको पक्षमा, राष्ट्रको पक्षमा लेख्नेबोल्ने भनेकाले त्यसको प्रतिवाद त्यही उचाइबाट, त्यही निचबाट होइन । यस्ता झुटो प्रचारहरू, यस्ता अरू पनि थुप्रै प्रचार भएका छन्, तिनको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ ।”

प्रधानमन्त्री प्रचण्डले सहिद, बेपत्ता योद्धाका परिवारलगायत पीडितलाई आइतबार बालुवाटारमा भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको जिकिर गरे ।

“मैले हिजो युद्धका क्रममा सहिद भएका परिवारहरू, बेपत्ता भएका योद्धाका परिवारहरू, सबैखाले पीडितलाई बालुवाटारमा बोलाएर प्रत्यक्ष संवाद भयो । तर, एकथरीलाई यो पचिरहेको छैन,” उनले भने, “शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने लाग्यो यो सरकारले भनेर सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको छ । राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरू, अवसरवादीको काम हो । हाम्रो काम सच्चाइ अघि ल्याउने हो ।”

प्रधानमन्त्री प्रचण्डले राम्रा काम दबाउने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादी सल्बलाएको बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro