site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जम्मू–कश्मीरको धारा ३७० हटाउने निर्णय सर्वोच्च अदालतद्वारा वैध ठहर 

काठमाडौं । भारतको सर्वोच्च अदालतले जम्मू–कश्मीरलाई प्रदान गरिएको विशेषाधिकार धारा खारेज गर्ने सरकारको निर्णयलाई सोमबार वैधानिक ठहर गरेको छ ।

भारतका प्रधानन्यायाधीश डीवाई (धनञ्जय यशवंत) चन्द्रचुडले जम्मू–कश्मीर भारतका अन्य राज्यभन्दा भिन्न सार्वभौमसत्ता नभएको फैसला सुनाएका हुन् ।

फैसला सुनाउँदै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चन्द्रचुडले राष्ट्रपति शासनमा केन्द्र राज्यले लिएको निर्णयलाई चुनौती दिन नमिल्ने बताएका छन् ।

सन् २०१९ मा भारतको भारतीय जनता पार्टी (भाजपा वा बीजेपी) नेतृत्वको सरकारले धारा ३७० खारेज गर्दै जम्मू–कश्मीरलाई केन्द्र सरकारद्वारा शासित दुई राज्यमा विभाजन गरेको थियो ।

Global Ime bank

उक्त निर्णयविरुद्धको चुनौतीमाथि सर्वोच्चले सरकारको निर्णय वैधानिक भएको ठहर गरेको हो ।

धारा ३७० भारतीय संविधानको एक प्रावधान थियो । जसले जम्मू–कश्मीरलाई विशेष दर्जा दिँदै त्यहाँ भारतीय संविधानको कार्यान्वयनमा लगाम लगाएको थियो ।

यससँगै सर्वोच्च अदालतले निर्वाचन आयोगलाई सन् २०२४ को सेप्टेम्बरसम्म जम्मू–कश्मीरमा विधानसभाको चुनाव गराउन समेत निर्देशन दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu