site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक सहायता प्रतिबद्धतामा ८४.१ प्रतिशतले कमी, तीन महिनामा १३ अर्ब ७८ करोड प्राप्त 

काठमाडौं । नेपालले पाउँदै आएको वैदेशिक सहायता प्रतिबद्धतामा व्यापक गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा उक्त गिरावट आएको हो ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को असोज महिनासम्म वैदेशिक सहायता प्रतिबद्धतामा गत आर्थिक वर्षको तुलनामा ८४.१ प्रतिशतले कमी आएको छ ।

उक्त अवधिमा नेपालले १३ अर्ब ७८ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा ८६ अर्ब ४१ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो ।

अघिल्लो वर्षको पहिलो तीन महिनाको तुलनामा अहिलेको सोही अवधिमा नेपालले ७२ अर्ब ६३ करोड रुपैयाँ कमको वैदेशिक आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वैदेशिक सहायतातर्फ अनुदान सहायता प्रतिबद्धता मात्र प्राप्त भएको छ । यो अवधिमा प्राप्त भएको अनुदान प्रतिबद्धतामध्ये शिक्षा क्षेत्रमा ५३.५ प्रतिशत, वन तथा वातावरण क्षेत्रमा ३०.६ प्रतिशत र स्वास्थ्य क्षेत्रमा २१.४ प्रतिशत छ ।

कुल अनुदान प्रतिबद्धतामा युरोपियन युनियनबाट प्राप्त प्रतिबद्धता मात्र तीनचौथाइभन्दा बढी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro