site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनालाई हराउँदै जिरुना शीर्ष स्थानमा उक्लियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । साविक विजेता बार्सिलोनालाई उसैको मैदानमा हराउँदै जिरुना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार बार्सिलोनाको मैदानमा भएको खेलमा जिरुनाले ४–२ को जित निकालेको हो ।

जिरुनाको जितमा आर्टेम ड्बीवाइके, मिगुएल गुटेसेज, वालेरी फर्नान्डेज र क्रिस्थियन स्टुवानीले गोल गरे । बार्सिलोनाका रोवर्ट लेवान्डोवस्की र इल्काइ गुन्डोगानले गोल गरे पनि घरेलु भूमिमा हार टार्न सकेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी सिजन बार्सिलोनाको यो दोस्रो हार हो । हारसँगै जाभी हर्नान्डेजको टिमले तालिकाको तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । १६ खेलबाट ३४ अंकको बार्सिलोना चौथो स्थानमा छ । त्यो शीर्ष स्थानको जिरुनाभन्दा सात अंकले पछाडि हो ।

समान खेलबाट ४१ अंकसहित जिरुना तालिकाको शीर्ष स्थानमा छ । जिरुनाले दोस्रो स्थानको रियाल मड्रिडसँग पनि दुई अंकको अग्रता बनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !