राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको हो ।
बैठकमा वरिष्ठ नेता राजेन्द्र महतोका नेताहरू अनुपस्थित छन् । महतोले केन्द्रीय समितिमा मधेसका लागि लडेका नेताहरू समावेश नगरेको भन्दै बैठकमा आफू सहभागी नभएको बाह्रखरीलाई बताए ।
अध्यक्ष महन्थ ठाकुरले निर्णय सच्चाउनुपर्ने उनको माग छ । केन्द्रीय समिति बैठकमा राष्ट्रियसभाका निर्वाचनमा दल दर्ता गर्नेसहितका ९ वटा एजेन्डा प्रस्ताव गरिएका छन् ।
यी हुन् एजेन्डा
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १३:०१
प्रतिक्रिया दिनुहोस्