site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफगानिस्तानविरुद्ध बलिङमा नेपालको पकड
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।

दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा टस जितेर फिल्डिङ गरिरहेको नेपालले पहिलो १० ओभरमा अफगानिस्तानको तीन विकेट लिएर खेलमा पकड बनाएको छ । १० ओभरको समाप्तिमा अफगानिस्तानले तीन विकेट गुमाएर ४४ रन बनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालका लागि गुल्सन झाले पहिलो विकेट दिलाएका थिए । त्यसपछि नेपालका हेमन्त धामीले दुई विकेट लिए ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नै पर्ने दबाब छ । दुवै टिम आज पहिलो जितको खोजीमा छन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

Royal Enfield Island Ad

यस्तै, अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीन वटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

गत अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा स्थान बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro