site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले नेताले भने– संकल्पयात्रा रोकिँदैन 

काठमाडौं । नेकपा (एमाले)का नेता रघुवीर महासेठले आफूहरूको ‘संकल्पयात्रा’ नरोकिने बताएका छन् । बैतडीको झुलाघाटबाट सुरु संकल्पयात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिनेछ ।

संकल्पयात्रालाई कोसी प्रदेशमा अवरोध गर्ने पहिचानवादी पक्षधरको चेतावनीप्रति लक्षित गर्दै उनले आफूहरू शान्तिपूर्ण तरिकाले अघि बढ्ने बताए ।

Dabur Nepal
NIC Asia

“एमालेलाई गाली गरेर, एमालेको कार्यकर्तामाथि ढुंगा हिर्काएर, एमालेको कार्यकर्तामाथि कुटपिट गरेर म पहिचान प्राप्त गर्छु – त्यो सोच्नु उहाँहरू गलत हुनुहुन्छ,” शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “उहाँहरू वार्तामा आउनुपर्छ, छलफलमा आउनुपर्छ ।”

पहिचानवादीले पनि आफूहरूलाई सहयोग गर्नुपर्ने र नेपाल सरकारले अवरोध हुन दिन नहुनेमा उनले जोड दिए । “नेपाल सरकारले बाधा, अवरोध हटाउनुपर्छ । उहाँहरू (पहिचानवादी)ले हामीलाई सहयोग गर्नुपर्छ,” उनले भने ।

समृद्ध नेपाल र मध्यपहाडी क्षेत्रका जनतालाई सुखीसम्पन्न बनाउनका निम्ति संकल्पयात्रा गरिएको उनको भनाइ छ ।

एमाले स्थायी कमिटी सदस्य शेरधन राईले पनि आफूहरूको संकल्पयात्रामा अवरोध नगर्न पहिचानवादीलाई आग्रह गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro