site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

प्यालेस्टाइनको गाजामा तत्काल युद्धविराम गर्न आह्वान गरिएको संयुक्त राष्ट्रसंघीय प्रस्तावलाई संयुक्त राज्य अमेरिकाले निषेधाधिकार (भिटो) प्रयोग गरेर निरस्त पारिदियो । गत बुधवार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा मानवीय विपत्ति उत्पन्न भएकोप्रति राष्ट्रसंघको बडापत्रको धारा ९९ जारी गरेर सदस्य राष्ट्रहरूको ध्यानाकर्षण गराएका थिए । 

त्यसपछि बसेको संयुक्त राष्ट्र सुरक्षापरिषद्को बैठकमा गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै राखिएको प्रस्तावविरुद्ध अमेरिकाले शुकवार भिटो प्रयोग गरेको थियो । अर्थात्, अमेरिका गाजामा भएको इजरायली फौजी कारबाही निरन्तरताका पक्षमा अमेरिका उभिन पुग्यो । त्यसबाट गैरसैनिक प्यालेस्टाइनी जनता झन् ठूलो मानवीय विपत्ति आइलागेको छ ।

तत्काल युद्धविराम गरेमा हमासको शक्ति क्षिण नहुने र फेरि पनि ७ अक्टोबरकै जस्तो आतङ्ककारी हमला हुनसक्ने भन्दै इजरायलले सैनिक कारबाही नरोकिने जनाएको छ । पक्कै पनि गैरसैनिक इजरायली नागरिकमाथि हमासले गरेको आक्रमण जघन्य अपराध थियो तर हमासलाई दण्ड दिन उसैका शैलीमा गैरसैनिक प्यालेस्टाइनी क्षेत्रमा बम बर्साउनु पनि उत्तिकै निन्दनीय कृत्य हो ।

सुरक्षापरिषद्को स्थायी सदस्यमध्येको अमेरिकाले भिटो प्रयोग गरे पनि बेलायत प्रस्तावमा हमासको निन्दा नगरिएको भन्दै मतदानमा अनुपस्थित रह्यो । फ्रान्स, चीन र रुसले प्रस्तावको समर्थन गरे । रुस र चीन सामान्यतः सधैँजस्तै अमेरिकाको विपक्षमा उभिए भने लोकतान्त्रिक खेमाकै फ्रान्स प्रस्तावको पक्षमा मत दिएर विश्वजनमतको साथमा रह्यो । 

प्रस्तावका पक्षमा बोल्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्का लागि फ्रान्सका स्थायी प्रतिनिधिले महासचिव गुटेरेसको आह्वानको समर्थन गरे भने उनले विश्व समुदायले मानवीयता विरुद्धको ज्यादतीमा दोहोरो मापदण्ड अपनाउन नहुनेमा जोड दिए । अर्थात्, अन्तर्राष्ट्रिय राजनीतिमा प्रायः ओझेलमा रहने गरेको फ्रान्स यसपटक अन्तर्राष्ट्रिय समुदायको सही प्रतिनिधित्व गर्न पुग्यो । 

हमासको अपराधमा यसरी गाजा क्षेत्रका गैरसैनिक प्यालेस्टाइनीमाथि ज्यादती गर्दा इजरायलप्रतिको द्वेष झन् बढेर जाने निश्चित छ । हमास भन्ने संगठन इजरायली सैनिक कारबाहीमा समाप्त भयो भने नै पनि अहिले विनाअपराध अत्याचार सहन बाध्य प्यालेस्टाइनी युवामा जाग्ने प्रतिशोधको भावनाले अर्को कुनै संगठन जन्माउनेछ ।

यसै पनि हमासजस्तो गैरजिम्मेदार आतङ्ककारी संगठनकै हाराहारीमा इजरायल र अमेरिकासमेत ओर्लेर युद्धबाट समाधानको विकल्प खोज्नु निन्दनीय र दुःखद विडम्बना हो । यस्तो आदिम बर्बरताले मानव जातिकै इतिहासमा कलङ्कको अर्को अध्याय थप्नेमात्र हो । यसैले गाजामा तत्काल सैनिक कारबाही रोकेर इजरायलले मानवीय सहायता निर्बाध उपलब्ध गराउने वातावरण मिलाओस् । संयुक्त राज्य अमेरिकाले पनि विश्व जनमतको कदर गर्दै इजरायललाई गैरसैनिक नागरिकविरुद्ध सैनिक कारबाही रोक्न दबाब दिनुपर्छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro