site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सबैभन्दा ठूला मिटरब्याजी बैंक भएको शेखर कोइरालाको टिप्पणी 
फाइल तस्बिर
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू सबैभन्दा ठूला मिटरब्याजी भएको टिप्पणी गरेका छन् । चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले आज काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूला मिटरब्याजी बैंकहरू भएको आरोप लगाएका हुन् । 

“आर्थिक रूपले सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ । तर बैंक फस्टाइरहेको र बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?,” देश आर्थिक मन्दीमा रहँदा पनि बैंक प्रभावित नभएको भन्दै उनले अगाडि थपे, “मैले त भन्ने गरेको छु, सबभन्दा ठूलो मिटरब्याजी बैंकहरू भए । त्यसैले बैंकर्सहरू मसँग रिसाउनु पनि भएको छ ।”

सरकारले कृषिमा पाँच प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरूले नदिने गरेको उनको भनाइ छ । किसान १०/२० लाख ऋण लिन जाँदा नदिने तर अर्बपतिले म कृषिमा लगानी गर्छु भनेर गए बैंकले तुरुन्तै दिने गरेको उनको आरोप छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu