साहित्य
डा. धर्मागत भट्टराई
जति चढ़ सिंढी उति, धर्ती यो गल्ने रै’छ
जीवन ढिलो उदाएर चाँडै पो ढल्ने रै’छ
. . .
काखमा लिने जीवन् केही, पलमै नचिन्ने बन्ने
समय के साह्रो क्रुर यो, बित्ता नचल्ने रै’छ
. . .
खुशी त बिजुली चम्केझैं पत्तो नभै बिलाउने
आशाको नशा तान्द्रोले साह्रै पो छल्ने रै’छ
. . .
कसको गरिनु भर यहाँ, मैला मुकुण्डा धेरै
फुsफुs गरी इमानले चुलो नबल्ने रै’छ
. . .
बोलेर बेच्ने अक्षरै बिकेर बोल्ने भैगो
बिक्न नजान्ने परानको दालै नगल्ने रैछ
. . .
फूल च्यातिएको भुइँभरि, काँडै पो फुल्ने रै’छ
मनको बिलौना धर्मको डाँडै पो जल्ने रै’छ
जीवन ढिलो उदाएर चाँडै पो ढल्ने रै’छ
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८० ०९:२९
प्रतिक्रिया दिनुहोस्