site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे नियुक्त

काठमाडौं । नागरिक लगानी कोषको सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । उनलाई भदौ १ गतेको उपप्रधान तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार कोषको अध्यक्षमा नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर गरेका घिमिरे हालै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए ।

घिमिरेले केन्द्रीय बैंकमा आफ्नो सेवाकालमा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ तथा अनुसन्धानसम्बन्धी विभिन्न विभागमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए ।

 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्