
काठमाडौं । नेपाल सरकारका पूर्वसचिव राधेश्याम भट्टराईको स्मृतिमा प्रकाशित ‘सम्झनामा राधेश्याम’ तथा काव्यकृति ‘हलेसी’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कविहरू तुलसी दिवस र डा. विमल कोइरालाले उक्त पुस्तकहरू सार्वजनिक गरे ।
कवि दिवसले राधेश्याम भट्टराईको चर्चा गर्दै मान्छे पदबाट पूर्व हुन सक्ने तर सिर्जनशील व्यक्ति पूर्व नभएर अर्पूव भई बाँचिरहने बताए । पूर्व मुख्यसचिव तथा कवि डा. विमल कोइरालाले राधेश्याम भट्टराई र आफू सँगसँगै जसो सचिव भएको समय सन्दर्भ स्मरण गरे ।
कार्यक्रममा पूर्वसचिव गोपी मैनाली, लव गाउँले, प्रह्लाद पोखरेल, प्रा.डा. केदार न्यौपाने, डा. बद्री विशाल भट्टराई, शरदकुमार भट्टराई, शिवकुमार भट्टराई, शिक्षा भट्टराई, स्मारिका भट्टराई, मनिष भट्टराई लगायतले बोलेका थिए ।