
काठमाडौं । साहित्यकार एवम् कांग्रेस नेतृ रीता शाही (ऋतु)को दोस्रो गजल संग्रह ‘चिनारी’ विमोचन गरिएको छ ।
राजधानी काठमाडौंमा शुक्रबार भएको कार्यक्रमका कांग्रेसका वरिष्ठ नेता एवम् सांसद डा. शेखर कोइरालाले विमोचन गरेका हुन ।
बाजुराको बुढीनन्दा नगरपालिकामा जन्मिएकी शाहीको दोस्रो कृति चिनारीको समीक्षा वरिष्ठ आख्यानकार ममता अब्दुलले गरेकी हुन् ।
अब्दुलले शाहीको साहित्य कोसेली चिनारीले समाजको यथार्थ चित्रण गरेको बताइन् ।
उनले भनिन्, "साहित्यकार रिता शाही (ऋतु)को गजल संग्रह चिनारीमा समाजको यथार्थ चित्र छ । यस कृतिमा माया प्रेमका कुरा मात्रै नभएर राजनीतिक र देशको परिवेश समेटिएको छ ।"
उनले शाहीको दोस्रो कृतिपछि अरु कृतिहरूको समेत जन्म हुने विश्वास व्यक्त गरिन् ।