site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मानवअधिकार आयोगमा आउने उजुरी घट्दो

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता हुने उजुरीको संख्या पछिल्ला वर्षहरूमा घट्दो क्रममा छ । आर्थिक वर्ष २०७९/८० को गतिविधि समेटेर आयोगले सार्वजनिक गरेको २३ औं वार्षिक प्रतिवेदनमा पछिल्ला वर्षहरूमा उजुरी आउने क्रम घटेको देखिएको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा आयोगमा १०० वटा उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा आयोगमा १०१ वटा उजुरी परेका थिए । आर्थिक वर्ष २०७७/७८ मा आयोगमा १८६ वटा उजुरी परेको प्रतिवेदनमा उल्लेख छ । यी उजुरीहरू केन्द्र, सात प्रदेश र तीन प्रदेश शाखा कार्यालयमा दर्ता भएका हुन् ।
 
गत आर्थिक वर्ष परेका उजुरीमध्ये सबैभन्दा बढी नागरिक तथा राजनीतिक अधिकारको उल्लङ्घनसँग सम्बन्धित छन् । 

Dabur Nepal
NIC Asia

प्रतिवेदनअनुसार गत वर्ष नागरिक तथा राजनीतिक अधिकारको उल्लङ्घनसँग सम्बन्धित ४७, आर्थिक तथा सामाजिक अधिकारको हनन् भएको भनी नौवटा उजुरी परेका थिए ।

यातनाविरुद्धको अधिकार १३, बाल अधिकारको हनन् ११ र महिला अधिकारको हनन् सम्बन्धी नौवटा उजुरी परेका थिए । 

अपांगता भएका व्यक्तिको अधिकारको उल्लंघन चार, जातीय विभेदविरुद्धको अधिकार दुई, आदिवासी जनजातिको अधिकारसम्बन्धी दुई र व्यक्ति बेपत्ताविरुद्धको अधिकार, वातावरणको अधिकार र ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी १/१ र अन्य २ उजुरी गत आर्थिक वर्ष दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्ष आप्रवासी श्रमिकको अधिकार हनन् भएको भनेर कुनै पनि उजुरी नपरेको प्रतिवेदनमा जनाइएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro