site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धितोपत्र बोर्डले आईपीओ, एफपीओ निष्कासन रोक्नु हुँदैन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईपीओ, हकप्रद, एफपीओ निष्कासन रोक्न नहुने बताएका छन् ।

महासंघका अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितोपत्रले आईपीओ, हकप्रद, एफपीओ निष्कासनलाई स्थगित गर्नु बजारको लागि राम्रो नभएको भन्दै तत्काल खोल्न आवश्यक रहेको बताए । 

अध्यक्ष ढकालले सरकार वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउन र लगानी जुटाउन सम्मेलन गर्ने तर लगानी सञ्चिति हुने आईपीओ निष्कासन स्थगित गर्नु नहुने बताए ।

संघीय, प्रदेश र स्थानीय सरकारले समेत लगानी सम्मेलन गरिरहेको उनको भनाइ छ । उनले तीनै तहका सरकारको लगानी भित्र्याउन पहल भइरहेको अवस्थामा रियल क्षेत्रका कम्पनीहरू आईपीओ निष्कासनको तयारी पूरा हुँदा समेत अनुमति नपाउनु राम्रो नभएको बताए ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउनुपर्छ भन्ने तर सम्पूर्ण तयारीहरू पूरा गरेका कम्पनीहरूको आईपीओ रोकिँदा पुँजी थप गर्ने योजना बनाएका कम्पनीको व्यवसाय विस्तारदेखि कर्जा र इकुटीको रेसियो व्यवस्थापन  समस्या पर्ने थालेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro