site stats
बाह्रखरी :: Baahrakhari
कला
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिर २३ देखि

काठमाडौं । ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिर २३ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सवको ११औं संस्कारण चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ । 

महोत्सवको उद्घाटन चलचित्रको रूपमा सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन गरिनेछ ।   

विश्वभरीबाट खुला आवेदनमार्फत संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सवमा नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, अयारल्यान्ड, किर्जिस्तान, जर्जिया, पोल्यान्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानवअधिकारका विषयमा निर्मित चलचित्र तथा वृत्तचित्रहरू प्रदर्शन गरिनेछ ।

महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छन् । महोत्सवमा जुरीबाट छनोट भएका उत्कृष्ट पाँच चलचित्रलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय शर्ट फिक्सन तथा नन्फिक्सन र नेपाली सर्ट फिक्सन तथा नन्फिक्सन विधामा नगदसहित पुरस्कार प्रदान गरिनेछ । महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ ।

Global Ime bank

महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुने आयोजकले जारी गरेको पिज्ञप्तिमा उल्लेख छ । महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता’ र ‘सामूहिक अधिकार : अन्तर्राष्टिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरुबीच दुईवटा प्यानल छलफल पनि राखिएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu