site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेलको सेयर खरिद प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश 

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

अदालतले एनसेलसम्बन्धीको अघिल्लो रिटमा यही मंसिर २५ गतेका लागि छलफलमा बोलाएको छ । उच्च अदालतको आदेशमा भनिएको छ, “नेपाल दूरसञ्चार प्राधिकरणले विपक्षी एनसेल आक्जियटा लिमिटेडका नाउँमा दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) र सो को विनियमावली, २०७३ को विनियम ४ (क) बमोजिम सेयर खरिद–बिक्री गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्न भनी पत्राचार गरेको मिसिल संलग्न पत्रबाट देखिएको समेतको परिपे्रक्ष्यमा सो समेतको निराकरण हुने गरी हाल मिति २०८०।८।२५ सम्मको लागि खरिद–बिक्री भएका एनसेलका सेयरहरू दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।” 

A1-1701947866.JPG

A2-1701947866.JPG

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro