site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीको विधान सम्मेलन कहिले ?

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलनको मिति धकेलिएको छ ।

गएको साउनमा बसेको केन्द्रीय समिति बैठकले भदौ १६ गतेबाट तीनमहिने अभियान चलाउने र मंसिरमा पार्टीको विधान सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, पार्टी सुदृढीकरण अभियानको समयावधि चार महिना अर्थात पुस १६ गतेसम्म लम्बाइएकाले विधान सम्मेलन पर सरेको हो ।

पार्टीका कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार विधान सम्मेलनको मिति पार्टीको अभियान सकिएपछि बस्ने केन्द्रीय समितिको बैठकले निर्धारण गर्ने बताए ।

“पुस १६ गतेसम्म त विशेष अभियान नै सञ्चालन हुनेछ । त्यसको समीक्षा गर्न केन्द्रीय समिति बैठक बस्छ । सोही बैठकले विधान सम्मेलनको मिति तोक्नेछ,” उनी भन्छन् ।

माओवादीले भदौ १६ गतेबाट पार्टी रूपान्तरणको विशेष अभियान चलाएको छ । घरघरमा पुगेर जनताका समस्या सुन्ने काम भइरहेको नेताहरू बताउँछन् ।

पार्टीका सचिव दीनानाथ शर्मा भने फागुनभित्रै विधान सम्मेलन हुने बताउँछन् ।

“अभियानको समीक्षा बैठकले विधान सम्मेलनको मिति तोक्नेछ,” उनी भन्छन्, “हामीले विधान सम्मेलनका लागि धेरै समय नलिने भनेका छौँ । सम्भवतः फागुनभित्रै विधान सम्मेलन हुन्छ ।”

विधान सम्मेलनको केही समयपछि नै पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको छ । अब बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीका लागि समिति गठन गर्ने शर्माले बताए ।

एकता संयोजन समिति बन्छ ?
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादीसँग एकताका लागि संयोजन समिति बनाइसकेको छ । माओवादीले पनि छिट्टै संयोजन समिति बनाउने नेताहरू बताउँछन् ।

पार्टीको विधान सम्मेलन, एकताको विषयबारे छलफल गर्न छिट्टै पदाधिकारी बैठक बस्ने तयारी भइरहेको ढकालले जानकारी दिए ।

“हामी छिट्टै पदाधिकारी बैठक बस्दैछौँ । यी विभिन्न विषयमा छलफल हुनेछ,” उनले भने ।

पदाधिकारी बैठकको मिति भने तोकिसकेको छैन । माओवादीमा आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बहस पनि सुरु हुन लागेको नेताहरू बताउँछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro