site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
१११ वर्षको इतिहासमा पहिलोपल्ट रेलिगेसनमा पर्‍यो ब्राजिलियन क्लब सान्तोस

काठमाडौं । ब्राजिलियन सिरी ‘ए’को क्लब सान्तोस रेलिगेसनमा परेको छ । महान् खेलाडी पेलेको पूर्वक्लब समेत रहेको सान्तोस १११ वर्षे लामो इतिहासमा पहिलोपटक रेलिगेसनमा परेको हो ।

बुधबार ब्राजिलको शीर्ष लिग सिरी ‘ए’को अन्तिम चरणको खेलमा फोर्टालेजासँग २–१ ले पराजित भएपछि विश्व फुटबलमा पेले, नेयमारसँगै अरू चर्चित खेलाडी दिएको सान्तोस रेलिगेसनमा परेको हो ।

Dabur Nepal

यसअघि, सान्तोस ब्राजिलको शीर्ष डिभिजन लिगबाट घटुवा नहुने क्लबहरू साओ पाउलो र फ्लेमिंगोसँगै तेस्रो टिम थियो । तर, लिगका पछिल्ला पाँच खेलमा जितविहीन बनेपछि सान्तोस ४३ अंकसहित १७औँ स्थानमा सीमित बनेको हो ।

ब्राजिलियन सिरी ‘ए’बाट सान्तोससँगै गोइएस, कोरिटिबा र अमेरिका–एमजी रेलिगेसनमा परेका छन् ।

ब्राजिलियन स्टार पेलेले आफ्नो क्लब करियर नै सान्तोसमा बिताएका थिए । सन् १९५० देखि ६० सम्मको अवधिमा सान्तोसले चारपटक ब्राजिलियन लिग र १० पल्ट स्टेट लिगको उपाधि जितेको थियो । यस्तै, क्लबले सन् १९६२ र १९६३ को कोपा लिबेरटाडोरेस र इन्टरकन्टिनेन्टल कपको पनि उपाधि जितेको थियो ।

पेलेबाहेक, रोबिन्हो, नेइमार र रोड्रिगो पनि सान्तोसकै उत्पादन हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro