site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपाको निष्कर्ष : सडक आन्दोलन अपरिहार्य
SkywellSkywell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यथास्थितिमा देश अघि बढिरहन नसक्ने निष्कर्ष निकाल्दै सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ । बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राजनीतिक, सामाजिक, आर्थिक रूपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको निष्कर्ष निकालिएको हो ।

राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना, संघीयता खारेजी र सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई  परिमार्जनसहित बैठकबाट पारित गरिएको छ । आन्दोलनमा सहकार्यका निम्ति समान विचार राख्ने राजनीतिक दलहरू, संघ–संस्था र अभियन्तालाई आह्वान गर्ने निर्णय गरिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

पार्टी केन्द्रीय कार्यसमितिको बैठक आउँदो पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने उनले बताए ।

यस्तै, पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय र सबै तहमा उत्सवका रूपमा मनाउने निर्णय गरिएको उनले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा राप्रपा सहभागी हुने र त्यसबारे अरू दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीका राजनीतिक विभाग प्रमुख एवं वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गरिएको उनले बताए ।

यसैगरी, इलाममा हुने उपनिर्वाचनकोे तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिइएको छ ।

राप्रपा नियमावली, २०८० का मस्यौदालाई विधान मस्यौदा समितिमा पठाई रायसहित केन्द्रीय समितिको बैठकमा पेस गर्ने निर्णय गरिएको अध्यक्ष लिङदेनले जानकारी दिए ।

एनसेलको सेयर खरिद–बिक्री प्रकरण राष्ट्रहितविपरीत देखिएको भन्दै उनले राज्यले अनुसन्धान गर्नुपर्ने बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro