site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेल प्रकरण– आजियाटाका सीईओले नेपालमाथि गलत आक्षेप लगाए 
SkywellSkywell

काठमाडौं । एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व भएको मलेसियाली कम्पनी आजियाटा बाहिरिने विषयलाई लिएर अहिले चौतर्फी विरोध छ ।  अजियाटाले एनसेलमा ८० प्रतिशत सेयर भएको रेनोल्ड होल्डिङको सेयर स्पेक्ट्रलाइट यूकेलाई पाँच करोड अमेरिकी डलरमा बिक्री गर्ने सम्झौता गरिसकेको छ । 

नेपालमा कारोबार गर्ने कम्पनीले नियामक निकायबाट स्वीकृति नै नलिई अजियाटाको स्वामित्वमा रहेको अजियाटा युके इन्भेष्टेमेन्टले यो सम्झौता हो । आजियाटाले नेपालमा व्यावसायिक वातावरण नभएकोले एनसेलको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

तर, नेपालको अर्थ राजनीतिमा आजियाटाले गलत आक्षेप लगाएको संसदीय समितिका सदस्यहरुको निष्कर्ष छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका अधिकांश सांसदले बुधबारको बैठकमा आजियाटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को यो अभिव्यक्तिले नेपालमा वैदेशिक लगानी निरुत्साहन हुने बताए । 

Dabur Nepal
NIC Asia

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उप सभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले ऐनसेलको सेयर बिक्रीले उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणका बारे एउटा वृहत् नीतिगत समीक्षा गर्नुपर्ने आवश्यक रहेको बताए । 

यो बहसमा आजियाटा कम्पनीको सीईओलाई अर्थ समितिले पत्र काटेर बोलाउनुपर्ने पनि बताए ।  उसका लागि के कस्तो सहयोग चाहिने हो त्यसका लागि समितिका सदस्य तयार रहेको पनि बताए । 

“आजियाटा कम्पनीको सीईओलाई पनि अर्थ समितिले पत्र काटोस् । त्यसका लागि के सहयोग गर्नुपर्छ, म हामी तयार छौं । किन महत्वपूर्ण रहयो भने आजियाटा ग्रुप अफ चिफ एक्जुकेटिभ अफिसर विवेक सुदले नोभेम्बर २९, २०२३ मा एउटा विज्ञप्ति जारी गर्नु भएको छ । नेपालको अर्थराजनीतिक माहोललाई इंगित गर्दै, त्यहाँ भएका च्यालेन्जेजलाई देखाउँदै एनसेलको सेयर बिक्री गर्नुपर्ने भनिएको छ,” उनले भने, “यसले नेपाल राष्ट्रकै छविमा क्षति पु¥याउने सम्भावना रहन्छ । त्यस कारण उहाँलाई यही समितिमा आमन्त्रण गर्नुपर्ने निवेदन हामीले पेस गरेका हौं ।” 

अर्काेतिर देशलाई प्रगतिको गतिमा अगाडि बढाउनुपर्ने चुनौती रहेको पनि वाग्लेले बताए ।  अर्थ मन्त्रालयको नेतृत्वमा हुन लागेको लगानी सम्मेलनलाई पनि सुदको अभिव्यक्तिले असर गर्ने उनले बताए । 

एनसेलका साझेदारीले महिना महिनामा देशका नेतालाई विदेश भ्रमणमा लगेर प्रभावमा पारेको पनि उनले बताए । अहिलेको अवस्थामा आर्थिक कुशासनको पराकास्टमा पुगेको पनि उनले बताए । 

एनसेललाई मात्र नभएर अन्य कम्पनीलाई पनि सहज हुनेगरी राजनीतिज्ञहरूले नै खेल्न मिल्ने गरी ग्रेएरिया राखिएको उनले बताए ।  यसलाई सुधार गर्नुपर्ने पनि उनको भनाइ छ । एनसेलमा ६ अर्बको मात्र नभएर ५०–६० अर्बको खेल भइरहेको हुनसक्ने उनले आशंका व्यक्त गरे । यो सबै नेपालको ऐन र कानुनमा टेकेर भइरहेको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अर्का सांसद विराजभक्त श्रेष्ठले आजियाटाका सीईओको अभिव्यक्तिले सार्वभौमसत्ता सम्पन नेपालप्रति जवाफदेहीता नभएको जस्तो देखिएको बताए । 

“आजिआटाका सीइओले सार्वभौम नेपालको बारेमा जुन खालको अभिव्यक्ति दिनु भएको छ, त्यसले भोली नेपालमा लगानीको वातावरण कसरी बन्छ ? त्यस्तो खालको जवाफदेहिता नहुँनु भनेको त के हो ? एकजना व्यक्तिले देशमाथि नै आक्षेप लगाएर देशमा व्यवसायिक वातावरण छैन भन्ने अभिव्यक्ति गैर जिम्मेवारपूर्ण छ । यसको जिम्मेवारी कसले लिन्छ ?,”उनले भने, “एनसेल एउटा कम्पनी हो । भोलि वातावरण बनेपछि हजारौं कम्पनी आउलान् । तर, ती कम्पनीले गर्न हुने र नहुँने कुरा कहिले डिफाइन गर्छाैं ?” 

आज राज्य प्रणालीमा विश्वास नहुँदा पनि जनता अतिवादीको पछाडि लागेको सांसद श्रेष्ठले बताए । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गंगा कार्कीले पनि नेपालमा लगानीको वातावरण छैन भनेर नेपाललाई बदनाम गर्न गजिएको बताए । 

“नेपालमा लगानीको वातावरण छैन भन्ने जुन कुरा आइरहेका छन्, यो अभिव्यक्तिलाई सम्बन्धीत निकायले गम्भीर रूपमा लिनुपर्छ । यो अभिव्यक्तिले वैदेशिक लगानी नभित्रिने सम्भावन बढ्यो,” उनले भने,  “अहिलेको अवस्थामा नै त वैदेशिक लागनी नभित्रिने खतरा छ । यो अभिव्यक्तिले निकै ठूलो क्षति पुर्‍याएको छ ।” 

नेपाली कांग्रेसका सांसद दीपक खड्काले नेपालमा आएर अरबौं रुपैयाँ कमाउने अन्तिममा वातावरण छैन भन्नु आश्चर्यको विषय भएको बताए ।  कानुनमा कमजोरी भए कानुनी छिद्रा टाल्नतिर लाग्नु पर्ने खड्का बताउँछन् । 

लाभकर संसारमा सबैले तिर्नुपर्ने भए पनि एनसेलले नतिर्दा आफू अचम्ममा परेको बताए । 

“लाभकर संसारमा सबैले तिर्नुपर्छ । एउटा साधारण किसानले छोराछोरी बढाउन घरजग्गा बेच्दा लाभकर तिर्नुपर्ने, अनि अर्बाै रुपैयाँ कमाउने कम्पनीले लाभकर तिर्न नपर्ने ? संसारमा यस्तो काहीँ हुन्छ ?,”  उनले भने, “यति सजिलो किनबेच हुन सक्छ कम्पनी ? सबैलाई छरपष्ट थाहा छ । झट्ट हेर्दा अहिले अर्थतन्त्र माफियाको हातमा गएजस्तो देखिन्छ, हिजोको दिनमा हामीलाई लगानीको आवश्यकता छ, विदेशी कम्पनीहरू आएका छन्, हामीले उहाँहरूलाई चिड्याइदियौँ भने लगानीको वातावरण बन्दैन, लगानी बाहिरिन्छ भन्ने अभिव्यक्ति आउँथे । हो कि जस्तो लाग्थ्यो । तर, आज तीन कम्पनी बाहिरिँदै गर्दा खर्बाैँ पैसा कमाएपछि नेपालमा लगानीको वातावरण छैन भन्नुपर्ने हामीले कस्तो खालको मुलुक सञ्चालन गरिरहेका छौँ ?, भन्न पनि लाज लाग्छ ।” 

अहिलेको तरिकाले नचल्ने भन्दै मुलुकप्रति जिम्मेवार भएर नीतिगत सुधार गर्नुपर्ने पनि खड्काले बताए ।  यो एउटा एनसेलको विषयमा मात्र नभएर भोलिका दिनमा लगानीका दृष्टीले भित्र्याएका कम्पनी यसरी हिँड्दा हेर्नबाहेक केही नरहने उनले बताए । 

कानुनी छिद्रालाई देखिएर लगानी बाहिरिन नहुने पनि उनको भनाइ छ । 

आजियाटाले नेपाल प्रवेश गर्दा रेनोल्ड होल्डिङलाई एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर (करिब एक खर्ब ४३ करोड रुपैयाँ)मा किनेर एनसेलको स्वामित्व लिएको थियो । आजियाटाले त्यही सेयर पाँच करोड अमेरिकी डलर (करिब ६ अर्ब ६६ करोड)मा स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu