site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लैङ्गिक हिंसामा महिला हिंसाको त्यो परिदृश्य

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान–२०८० को अवसर पारी मैले यो लेख लेखेका छु । जुन अभियानको अवधि हरेक वर्षको नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म रहेको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नाराका साथ मङ्सिर १० गतेबाट देशभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुरुवात महिलाविरूद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसिपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । 

महिला हिंसा भन्नाले सामान्यतया महिलामाथि हुने अनेक प्रकारका हिंसालाई बुझिन्छ । महिला हिंसा विश्वव्यापी रूपमा गम्भीर र व्यापक समस्या हो । यो शारीरिक, यौनजन्य, भावनात्मक र आर्थिक दुर्व्यवहारसहित विभिन्न रुपहरुमा प्रकट हुन सक्छ । 

महिलाविरुद्ध र महिला भएकै कारणले हुने सम्पूर्ण हिंसात्मक कार्य महिलामाथि हुने हिंसा हुन् । महिलाविरुद्धको हिंसा सार्वजनिक वा निजी जीवनमा लिङ्गका आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउँछ । यसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाब र स्वेच्छाचारी रुपमा महिलाको स्वतन्त्रतामा बन्देज गर्ने कार्यसमेत पर्छ ।

यति भन्दै गर्दा महिला हिंसाको सुरुवात कसरी भयो भन्ने कुरा बुझ्न जरूरी छ ।

नोभेम्बर–२५ लाई महिलामाथि हुने हिंसाविरुद्धको दिवसका रुपमा मनाउनुका पछाडि यसको छुट्टै इतिहास छ  । गणराज्यको एकै परिवारको ३ दिदी बहिनीहरुको हत्यासँग जोडिएको छ  । मिरावल परिवारमा जन्मेका ३ दिदी–बहिनीहरु राजनीतिक कार्यकर्ता थिए । तानाशाही सरकारले सन् १९६० मा उनीहरुको निर्मम हत्या गरेको थियो  ।

सन् १९२४ मा पेटिया १९२७ मा मिनर्भा र १९३५ माभिरीयाको जन्म भएको थियो  । यी तिनै जना दिदी–बहिनी आफ्ना मुलकमा शिक्षित र सचेत महिलाको रुपमा परिचित थिए । अन्याय नसहने स्वभावका ती दिदी–बहिनी तत्कालीन जुत्रिलो तानाशाही सरकारको विरुद्धमा थिए । यिनीहरुको विवाह पनि राजनीतिक व्यक्तिहरुसँग भएको थियो । तर यिनीहरु आफ्नो पतिभन्दा पनि बढी चर्चामा थिए । तत्कालीन सरकारले तिनै दिदी–बहिनी र उनको परिवारलाई राज्यद्रोहको आरोप लगाएको थियो  ।

उनीहरु पटक–पटक जेल परिरहेका थिए । जेलमा पाउने यातना खेप्दाखेप्दै पनि यी दिदी–बहिनीहरुले तानाशाही सरकारको विरोध गर्न छाडेनन् । यसै क्रममा सन् १९६० नोभेम्बर २५ मा गरिएको हत्यासँग जोडिएको छ  । 

त्यसैले यसलाई ल्याटिन अमेरिकी देशमा महिला हिंसाविरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । यसरी यी तीन दिदी–बहिनीहरुको हत्यालाई महिलाविरुद्धको हिंसाका रुपमा लिई महिला अधिकारकर्मीहरु उनीहरुको सम्झनामा अनेक कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो  ।

ल्याटिन अमेरिकी देशमा महिला हिंसाविरुद्धको हिंसाको रुपमा लिई महिलावादीहरुद्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो । पछि, सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात् गरी नोभेम्बर २५ को दिनलाई संसारभर नै महिलाविरूद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रुपमा स्थापित गरियो ।

साथै सन् १९९१ मा नै क्यानाडाका युवाहरुले सेतो रिबन बाँधेर यो दिवस “म हिंसा सहन्न, आफू पनि गर्दिन, र देखेमा प्रतिकार गर्छु” भनी सेतो रिबन अभियान संचालन गरेका थिए । उक्त समयदेखि सेतो रिबनलाई लैङ्गिक हिंसाविरुद्ध प्रतिवद्धताको प्रतीकका रुपमा प्रयोग गर्दै आएको पाईन्छ ।

मिरावल परिवारका तीन दिदी बहिनीको सामूहिक हत्याले उनीहरुका सर्मथक अनुयायीहरु चूप लागेर बस्न सकेनन् । ‘शोकलाई शक्तिमा बदल्ने प्रण’ गर्दै आन्दोलनलाई सशक्त बनाए  । हत्यापश्चात् त्रिजिलो सरकारको अन्त्य भई डोमेनिकन स्वतन्त्र गणराज्य बन्यो  । यी दिदी–बहिनीको सामूहिक रुपमा गरिएको हत्यालाई महिलाविरुद्धको हिंसाका रुपमा लिइयो  । यिनै दिदी–बहिनीका सम्झनामा दिवस मनाउन थालिएको हो । 

मुलुकभरि नै उनीहरुको योगदानको चर्चा भयो । यिनै दिदी बहिनीको सम्झनामा धेरै पुस्तकहरु लेखिए । डोमेनिकन जनताले यो हत्यालाई लिगका आधारमा महिलाविरुद्ध गरिएका राजनीतिक हिंसाका रुपमा लिई नोभेम्बर २५ लाई महिलाविरुद्ध हिंसा दिवसको रुपमा मनाउने सुरुवात गरियो ।

विस्तारै यसको प्रवाह अन्य देशहरुमा पनि पर्न गयो र अरु देशले पनि यस दिनलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउन थाले । डोमेनिकन सरकारसहित ७४ देशहरुले उक्त दिनलाई महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन संयुक्त राष्ट्र संघमा प्रस्ताव राखे । 

सन् १९९९ डिसेम्बर १७ का दिन संयुक्त राष्ट्रसंघको महासभाले उक्त प्रस्ताव सर्वसम्मत् पारित गरीयो । तत्पश्चात् उक्त दिवसले अन्तर्राष्ट्रिय मान्यता पायो । सन् २००० देखि २५ नोभेम्बरलाई महिला हिंसाविरुद्ध अन्तराष्ट्रिय दिवसका रुपमा संसारभरि मनाउन थालियो ।

लिखित इतिहास नियाल्दा नेपालमा महिलाविरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथमः महिला योगमाया न्यौपाने हुन् । वि.स. १९२५ मा नेपालको पूर्वी पहाडको भोजपुरमा जन्मेकी उनले तत्कालीन नेपालको समाजमा महिलामाथि हुने गरेका अन्याय, अत्याचार र कुसंस्कारविरुद्धमा सामाजिक परिर्वतन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाएकी थिइन । उनले समाजमा रहेका पितृसत्तात्मक सोच, सामाजिक मूल्य–मान्यता, शोषण, जातीय विभेद र चरम लैगिंक विभेदविरुद्ध अभियान संचालन गरेकी थिइन  ।

संयुक्त राष्ट्रसंघ सन् १९४८ मा पारित मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रले महिलाको विशेष अधिकारहरुको व्यवस्था गरेको छ । संयुक्त महासभाले १६ डिसेम्बर सन् १९८९ मा पारित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि सिड) र सन १९९५ मा चौथो विश्व महिला सम्मेलनबाट पारित बेइजिङ घोषणापत्र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले पारित गरेको प्रस्तावना प्रभावकारी कार्यान्वयनका अभावमा महिलाविरुद्धको हिंसाले समाजमा जरो गाडिरहेको छ  । 

पुरुषवादी सोच व्यवहार र मान्यता हिंसाप्रतिको मौनता यतिबेलासम्म पनि तोड्न सकिएको छैन । महिलाविरुद्ध हिंसा महिलाको मात्र नभई सबैको समस्या हो । महिला हिंसाले महिलालाई मात्र नभई व्यक्ति परिवार र सिंगो समाजको विकास र उन्नतिमा समेत अवरोध श्रृजना गरेको छ  ।

महिलाविरुद्धको हिंसा मुख्यतः लैंगिक भिन्नताका कारणले हुन्छ । अधिकांश महिलाहरु पुरुषबाट पीडित हुन्छन् । नेपालमा विद्यमान सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक संस्कारका कारण महिलाले विभिन्न खालका हिंसा विद्यमान छन् ।

जस्तै, घरेलु हिंसा, शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, आर्थिक हिंसालगायत यौन दुर्व्यव्हार तथा कुप्रथाहरु वादी, झुमा, बोक्सी आदि हिसांहरुबाट पीडित हुनु परेको अवस्था छ  । यसरी महिलाविरुद्ध हुने यस्ता हिंसा देशव्यापी रुपमा जगडिएर रहेका छन् ।

सन्धि–महासन्धि र नीतिहरुको प्रभावकारी कार्यान्वयनको अभावका कारण महिलाविरुद्ध हुने हिंसाले आज पनि विश्वव्यापी रुपमा जरा गाडेको छ । विद्यमान सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक संरचनामा महिलाहरुलाई पछाडि पारिएको छ  । 

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसलाई एक दिनमा मात्र सीमित नराखी १६ दिनसम्म विभिन्न अभियानका साथ मनाउने गरेको पाइन्छ । १६ दिने अभियानअन्र्तगत पनि विभिन्न दिवसहरू पर्छन् । 

यी दिनहरूमा पर्ने दिवसहरु जस्तै नोभेम्बर २५ महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवस, नोभेम्बर २९ महिला मानवअधिकार रक्षकहरुको अन्तर्राष्ट्रिय दिवस, डिसेम्वर १, विश्व एड्स दिवस डिसेम्बर ३, विश्व अपाङ्गता दिवस, डिसेम्बर ५ विश्व स्वयंसेवक दिवस, डिसेम्बर ६ महिला शहिदहरुको सम्मान दिवस, डिसेम्बर ७ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, डिसेम्बर ९ भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, डिसेम्बर १० अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पर्छन् । 

क्यानाडाको मन्टियलमा मानवअधिकारको आवाज उठाउँदा त्यहाँको सरकारले १४ जना अधिकारकर्मी महिला मारिएको सम्झनामा यो अभियानलाई १६ दिने अभियानको रुपमा मनाउँदै आएको हो  ।

यसरी अन्तर्राष्ट्रिय रुपमा महिला हिंसाविरुद्ध आवाज उठाइरहँदा पनि संसारमा हरेक तीनजनामध्ये एकजना महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोग्छन् । यस्तो हिंसामा संलग्न पीडक महिलाले चिनेको, माया गर्ने र विश्वास गर्ने व्यक्ति हुने गर्छन् । हरेक दिन महिलाले व्यक्तिगतदेखि सार्वजनिक क्षेत्रमा कुनै न कुनै प्रकारको हिंसाको सामना गरिरहनुपरेको स्थिति छ ।

महिलाविरुद्धको हिंसा संरचनागत विभेदको परिणाम हो । यस विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेको पितृसत्तात्मक सोच र मूल्य–मान्यताको अन्त्य जरुरी छ । लैङ्गिक समानता, महिलाको आफ्नो शरीरमाथिको निर्णय र गतिशिलताको अधिकार सुनिश्चित नभएसम्म महिलाहरू स्वतन्त्र र मर्यादित जीवन यापन गर्न पाउने अधिकारबाट वञ्चित हुन्छन् ।

यसर्थ, नेपालको संविधान, नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धताहरु पूर्ण पालना गर्दै, महिला भएकै कारणले भोग्नुपर्ने विभेद तथा हिंसाको अन्त्य गर्ने वातावरण तयार गर्नुपर्ने जरुरी छ ।
(लेखक मध्यपश्चिम विश्वविध्यालय कानुन संकायमा अध्ययनरत छिन् ।)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro