site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसेलको सेयर अध्यावधिक भएको छैन : रजिष्ट्रार

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार दीपककुमार पहाडीले एनसेलको सेयर अध्यावधिक नभएको बताएका छन् । संसद्को सार्वजनिक लेखा समितिको बैठकमा उनले एनसेलको सेयर अहिलेसम्म अध्यावधिक नभएको बताएका हुन् । 

आजियाटाले टेलिया सनेराबाट रेनोल्ड्स होल्डिङ किनेको थियो । उनले विदेशी लगानीकर्ताले विधि पुर्याएपछि रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न आउने बताए । “दूरसञ्चार कम्पनीले दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएपछि दर्ता हुन आउने हो,” उनले भने । 

एनसेल विसं. २०७७ अघि प्राइभेट कम्पनी थियो । सार्वजनिक बनाउन उनीहरूले ११ सेयर ६ जनालाई थपेर सार्वजनिक कम्पनी बनेको उनको भनाइ छ । 

टेलिया सनेराले आफ्नो सेयर अफशोर मै बिक्री गरेको उनले बताए । अहिले आजियाटा मालिक भए पनि सेयर रेनोल्ड्सको नै भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । 

आजियाटाले होल्डिङ नै बिक्री गरेकाले सेयर अद्यावधिक नभएको उनले बताए । 

Global Ime bank

थपिएका सेयर होल्डरहरु लेना केशरी कंशाकार, कवीन मुर, समीर गौतम, कञ्चन सिंह कार्की, ज्योती दाहाल, उमा महर्जन हुन् । 

११ कित्ता सेयर थपेर सार्वजनिक कम्पनी बनेको पहाडीले स्पष्ट पारे । २० प्रतिशत नेपाली पार्टनर र ८० प्रतिशत  रेन्होल्डसकै हो ।

“यो अनुसन्धानको विषय हो । छलफल गर्ने विषय हो ।  किन कम मूल्यमा बेचियो, काम गर्न वातावरणको विषयमा लगाएको आरोप गम्भीर छ,” रजिष्ट्रार पहाडीले भने, “५०/६० अर्ब थप दायित्व झेल्नु पर्छ भनेर गएको भए बेग्लै कुरा हो ।”  

रेन्होल्ड्स कम्पनी परिवर्तन नभएको उनले जानकारी दिए । “एनसेलका कर्मचारीले धेरै थाहा छैन भन्नुभएको छ । 
हाम्रो काम दर्ता गरेर अभिलेख राख्ने र अपडेट गर्ने हो,” पहाडीले भने, “प्राधिकरणबाट आए थाहा हुने हो ।  अहिलेसम्म हामीकहाँ जानकारी आएको छैन ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu