राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले एनसेल सरकारलाई जानकारी नै नगरी खरिदब्रिकी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
आजको लेखा समिति बैठकमा उनले कालोधन लगानी भएको बताए । “सरकारलाई खबर नगरी खरिदबिक्री हुने ? सर्वोच्चमा मुद्दा छ, साढे ६ अर्बमा ट्रान्सफर गरिँदैछ, रणनीति के हो ? कालोधन लगानी भयो, यी सबै नजरअन्दाज गरेर प्रक्रिया पुर्याएर आए अनुमति दिने भन्ने कुरामा आपत्ति छ,” उनले बैठकमा भने ।
त्यस्तै, कांग्रेसकै सांसद सञ्जय गौतमले ठूलो प्रश्न उब्जिएको बताए । “४० अर्ब एनसेलले बैंकबाट लोन लिएको छ । एक खर्ब २० अर्ब दायित्व बोकेको छ । यसबाट को–को डुब्ने हो ? यसमा साह्रै ठूलो प्रश्न जन्मियो,” गौतमले भने ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १५:०८
प्रतिक्रिया दिनुहोस्