site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यूरोडबाट सात किलो सुनसहित एकजना पक्राउ
सांकेतिक तस्बिर ।

काठमाडौं । प्रहरीले काठमाडौंको न्यूरोडबाट अवैध करिब सात किलो सुन बरामद गरेको छ । 

न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ ।

सुन कैलाली घर भइ नागार्जुन बस्ने पदम पाण्डेको रहेको आशंका गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीले सुनबारे थप अनुसन्धान अघि बढाएको छ ।

बरामद भएको सुनमध्ये केही गहना र केही विस्कुट आकारका रहेको कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । 

“सुनको एकिन तौल आएको छैन । करिब सात किलो भन्ने छ । हामी थप अनुसन्धान गर्दैछौँ,” एसपी रेग्मीले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro