site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रेड बुलले नेपालमा सुरु गर्‍यो उत्पादन
Ghorahi CementGhorahi Cement

काठमाडौं । रेड बुलले नेपालको अमरापुरीमा ग्रिनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको छ । रेड बुल फ्याक्ट्रीले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्डसहितको फ्याक्ट्री सञ्चालनमा ल्याएको हो ।

फ्याक्ट्रीको आधाभन्दा बढी विद्युत्, वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन गरिने छ ।

मंगलबार फ्याक्ट्रीको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका हुन् । 

Agni Group

RedBulls-1701790640.jpg

अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारका लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्ने छ । रेडबुलको नेपालमा स्थानीयरूपमा उत्पादन, ब्रान्डको यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको कम्पनीको भनाइ छ । ‍

Global Ime bank

प्रतिष्ठित ब्रान्ड रेड बुल उत्पादन गर्ने नेपाल विश्वको चौथौ देश हो । रेड बुल उत्पादन गर्ने थाइल्यान्ड, भियतनाम र चीनपछि नेपाल रहेको छ ।

इनर्जीको एक यात्रा : रेड बुलको ग्लोबल लिगेसी

योविध्या परिवारको स्वामित्वमा रहेको टीसीपी समूह थाइल्यान्डमा रहेको एक अग्रणी पेय पदार्थ कम्पनी हो । जुन विश्वको सबैभन्दा प्रतिष्ठित इनर्जी ड्रिङ ब्रान्ड 'रेड बुल'को उत्पादक हो । 

RedBull-1701790640.jpg

साथै 'हाउस अफ ग्रेट ब्रान्ड्स'को रूपमा पनि परिचित कम्पनीसँग विविध उत्कृष्ट प्रोडक्टहरूको पोर्टफोलियो रहेको छ । एसियाका १५ भन्दा बढी देशका बजारहरूमा प्रत्यक्षरूपमा सक्रिय रहेको यसले विश्वव्यापी रूपमा पाँचहजार भन्दा बढी मानिसहरूलाई रोजगार दिइरहेको छ ।

थाइल्यान्डमा कम्पनीले विभिन्न व्यवसायमा सफलता हासिल गरेको छ । टीसीपी समूह 'इनरजाइजिङ अ बेटर वर्ल्ड' भन्ने उद्देश्यका साथ विश्वका विभिन्न देशमा सञ्चालित छ ।

Red-Buul-B-1701790641.jpg

टीसीपी समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्याले भने, "टीसीपी समूहले खाद्य तथा पेय पदार्थ उद्योगलाई नयाँ नयाँ सिर्जनशील उत्पादन र सेवाहरूका साथ बदलिँदो जीवनशैली, स्वास्थ्य तथा समयअनुसारको आवश्यकता लाई मध्यनजर राख्दै रेडबुलले नयाँ नयाँ आविष्कारहरूद्वारा विश्वलाई सदैव इनर्जी प्रदान गरिरहने छ ।"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २१:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
सम्पादकीय
सुरक्षामा कमजोरी, जनतालाई कष्ट
सुरक्षामा कमजोरी, जनतालाई कष्ट
ICACICAC