site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
४१औँ वार्षिकोत्सव मनाउँदै नास्ट

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बुधबार आफ्नो ४१औँ वार्षिकोत्सव मनाउने भएको छ ।

ललितपुरको खुमलटारस्थित आफ्नै परिसरमा नास्टले आफ्नो वार्षिकोत्सव मनाउँदै छ ।

Dabur Nepal
NIC Asia

वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री, राज्यमन्त्री, सञ्चार सचिवलगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहने नास्टले बताएको छ ।

वार्षिकोत्सव समारोहमा वैज्ञानिक, शिक्षक एवं विद्यार्थीहरूलाई गरी ४८ वटा पुरस्कार प्रदान गरिने नास्टका सचिव रवीन्द्रप्रसाद ढकालले बताएका छन् ।

देशमा विज्ञान र प्रविधिको प्रवर्द्धन गर्न सन् १९८२ मा स्वायत्त निकायका रूपमा नास्टको स्थापना भएको थियो ।

विज्ञान र प्रविधिको विकास, स्वदेशी प्रविधिको संरक्षण र आधुनिकीकरण, विज्ञान तथा प्रविधिमा अनुसन्धानको प्रवर्द्धन र उपयुक्त प्रविधि हस्तान्तरणको पहिचान र सहजीकरण जस्ता उद्देश्य नास्टका छन् ।

नास्टले नवप्रर्वद्धन एवं आविष्कार र नयाँ प्रविधिको विकास गरिरहेका युवाहरूलाई अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro