site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
परराष्ट्र सचिवबाट बिदा भए पौड्याल 

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले उमेरहदका कारण आज (मंगलबार)बाट परराष्ट्र सेवाबाट अवकाश पाएका छन् । 

उनले ९ अक्टोबर २०२० देखि परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेका थिए । उनले करिब तीन वर्ष दुई महिना परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेका थिए ।

केही दिनअघि मात्र सरकारले क्यानडाको लागि नेपाली राजदूतमा सिफारिस गरेका पौड्यालले ५८ वर्षे उमेरहदका कारण परराष्ट्र सचिवबाट अवकाश पाएका हुन् । 

Dabur Nepal
NIC Asia

“परराष्ट्र सचिवको रूपमा म एकदमै सक्रिय र क्रियाशिल रहे,” पौड्यालले बाह्रखरीसँग अनुभव साटे, “अनुभवको आधारमा मेरा लागि यो समय असाध्यै मूल्यवान रह्यो ।” 

परराष्ट्र सचिव हुनुअघि पौड्यालले सन् २०१६ देखि परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संगठन र अन्तर्राष्ट्रिय कानुन महाशाखाको प्रमुखका रूपमा कार्य गरेका थिए । उनले त्यतिबेला नेपालको बहुपक्षीय मामिला सम्हालेका थिए । 

उनले मन्त्रालयको नीति योजना, विकास कूटनीति र एनआरएन महाशाखा र प्रशासन महाशाखाको समेत नेतृत्व गरेका थिए । उनी सन् २०१६ मेदेखि परराष्ट्र सचिव नहुन्जेलसम्म परराष्ट्र मन्त्रालयको प्रवक्ता समेत रहेका थिए । 

सन् २०१२ देखि मे २०१६ सम्म पौड्यालले पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेका थिए । सोही समयमा उनी अफगानिस्तान, इरान, इराक र टर्कीका लागि नेपालको गैरआवासीय राजदूत समेत रहेका थिए । 

यसअघि सन् २०११–२०१२ सम्म उनी दक्षिण एसिया र सार्क महाशाखाको प्रमुख रहेका थिए । सन् २०१० देखि २०११ को अवधिमा पौड्याल परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागको महानिर्देशक रहेका थिए । 

सन् २००६ देखि २०१० सम्म उनले स्वीट्जरल्याण्डको जेनेभास्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा उप–स्थायी प्रतिनिधिको जिम्मेवारी सम्हालेका थिए । 

सन् २००२ देखि २००६ सम्म उनले परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया, युरोप अमेरिका र दक्षिण एसिया महाशाखामा रहेर काम गरेका थिए । पौड्याल सन् १९८७ मा नेपालको निजामती सेवामा प्रवेश गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro