site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोती हत्याकाण्डको सुनुवाइ सकियो : फैसलाको गृहकार्यमा न्यायाधीश केसी 

काठमाडौँ । रुकुम पश्चिमको सोती घटना प्रकरणमा रुकुम जिल्ला अदालतमा अन्तिम सुनुवाइ सकिएको छ । ६ युवाको सामूहिक हत्या गरिएको उक्त मुद्दामा ३४ जनालाई प्रतिवादी बनाइएको थियो । 

न्यायाधीश खड्कबहादुर केसीको इजलासमा गत आइतबारदेखि जारी बहस आज (मंगलबार) सकिएको हो । जाहेरवाला र सरकारी वकिलतर्फका १५ र प्रतिवादीतर्फका ६ वकिलको बहस आज टुंगिएको हो । आज खाजा समयअघि प्रतिवादीको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गरेका थिए । 

श्रेस्तेदार मन्दीरा शाहीका अनुसार न्यायाधीश केसी अझै अदालतमै रहेकाले आजै फैसलाको सम्भावना छ । फैसला आजै आए पनि पूर्णपाठ आउन भने केही समय लाग्नेछ । 

२०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज विक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीयले कुटपिटबाट हत्या गरी सेती नदीमा बगाइदिएको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको छ । 

प्रेमिका भनिएकी किशोरीले हत्या भएको स्थानमा नपुगेको बयान दिएपनि निजकै कारण घटना भएको भन्दै प्रेमिका भनिएकी किशोरीमाथि समेत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतमा मुद्दा चलाइएको छ । २०७७ साल जेठ ३२ मा रुकुम पश्चिम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या बढी हुँदा सुनुवाइममा लामो समय लागेको हो । 

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो । पदमबहादुर बुढा, शोभे नेपाली लगायतको जाहेरीका आधारमा प्रहरी अनुसन्धान भइ नेपाल सरकारले ३४ जनालाई ज्यान मारेको मुद्दामा जन्मकैद, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभावको कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना तथा ज्यान मार्ने उद्योगमा संलग्नहरूको हकमा १० वर्षसम्मको कैद सजायको माग दाबी लिइएको छ । 

नवराज दलित केटा भएकाले पटकपटक घरमा आउने गरेको कुरा परिवारका सदस्यहरूलाई मन नपरेको र आएमा मारिदिनेसम्मको योजना घरमा बनेको बयान नवराजकी पे्रमिका भनिएकीका दाइले दिएका थिए । प्रेमिकाले भने पहिले दलित भन्ने थाहा नभएको तर पछि दलित रहेको थाहा पाएपछि सम्बन्ध तोड्न चाहेपनि आफूसँग विवाह गर्न दबाब दिएको बताएकी थिइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro