देश

काठमाडौं । ‘सुनचाँदी’ र नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित साङलीका ३९ वर्षीय सचिन विभुते छन् ।
सोमबार बेलुका उनलाई काभ्रेको बनेपा नगरपालिका–७, बखुन्डोलबाट नियन्त्रणमा लिइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनी बखुन्डोलस्थित सूर्य शाक्यको घरमा डेरा गरी बस्दै आएका थिए । उनको कोठामा खानतलासी गर्दा सुनजस्तो देखिने पहेँलो धातु अन्दाजी २० तोला, १६२ तोला चाँदी र पाँच लाख ७६ हजार १३५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० ११:०२
प्रतिक्रिया दिनुहोस्