
काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले चलचित्र ‘कङ्गारु’मा साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माणपक्षबीच सोमबार औपचारिक रूपमा सम्झौता भएको हो ।
सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्रमा राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुति रहनेछ । कङ्गारुलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताएका छन् ।
कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिमभन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको उनले बताएका छन् ।
चलचित्रमा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ ।
निर्देशक बस्नेतले केही फरक कथा भन्न मन लागेको भन्दै ‘कङ्गारु’का लागि स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाएको बताए ।