site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जसले आर्थिक प्रलोभनमा कारागारबाट छुटेकै दिन मनकुमारीको हत्या गरे !
Sarbottam CementSarbottam Cement

काठमाडौं । धादिङ प्रहरीले एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याल,  ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनिल नेपाली रहेका छन् ।

यही मंसिर १५ गते बिहान त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङमा ६२ वर्षीया मनकुमारी सर्किनी आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । मृतकको अनुहारमा कोतरिएको, घाँटीमा डामहरू देखिएको, घटनास्थलमा चुराको फुटेको टुक्रा र पोतेको दानारू छरप्रष्ट अवस्थामा रहेको देखेपछि प्रहरीले शंकास्पद ठानेर घटनाको अनुसन्धान थालेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी अनुसन्धानले मृतक महिलालाई बस्यालले मंसिर १४ गते राति मारेको देखाएको थियो । बस्यालललाई प्रहरीले मंसिर १५ गते नै त्रिपुरासुन्दरी–७ गोलाङस्थितको कच्ची गोरेटो बाटोमा लुकेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार सोधपुछका क्रममा बस्यालले आफूले घाँटी थिचेर हत्या गरेको स्वीकारेका थिए । प्रहरीसँगको बयानका क्रममा उनले स्थानीय टोपबहादुर र सुनिलले हत्या गर्न आदेश दिएको बताएका थिए । उनीहरूले बस्याललाई आर्थिक प्रलोभन देखाएका थिए ।

Global Ime bank

प्रहरीका अनुसार बस्याल यसअघि पहिला पनि जबरजस्ती करणी उद्योग, चोरीलगायतको फौजदारी कसुरहरूमा पटकपटक सजाय पाएको व्यक्ति रहेको पाइएको छ । उनी चोरी मुद्दामा २० महिना कैद भुक्तान गरी मंसिर १४ गते मात्र कारागार कार्यालय धादिङबाट छुटेका थिए । उनले सोही दिन नै मनकुमारीको घाँटी थिच‍ेर हत्या गरेका थिए  ।

उनीहरूमाथि प्रलोभन धादिङ जिल्ला अदालतबाट सातदिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  २२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement