साहित्य

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानले सर्जक गंगा आचार्य सापकोटाका कविताकृति ‘गंगाप्रवाह’ र गजलसंग्रह ‘भावगंगा’ सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कवि तुलसी दिवसले कृति सार्वजनिक गरेका हुन् ।
कृतिमाथि समीक्षकद्वय घनेन्द्र ओझा र बलराम दाहालले टिप्पणी गरेका थिए ।
कार्यक्रममा तुलसी दिवस, मणिराज सिंह, षडानन्द पौडेल, प्रभा भट्टराईलगायत व्यक्तिले बोलेका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८० १२:०४
प्रतिक्रिया दिनुहोस्