site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी
तस्बिर : दीपक श्रेष्ठ/रासस ।

गोरखा । उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका निम्ति अनुदानको चामल पुर्‍याइएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०/०८१ का निम्ति सिर्दीबास डिपोमा चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।

“सदरमुकामस्थित कम्पनीको शाखा कार्यालयबाट दोभानसम्म मिनिट्रक र दोभानबाट सिर्दीबास डिपोसम्म खच्चडले ढुवानी गर्न थालेको छ,” उनले भने, “सिर्दीबास डिपोमा चामल ढुवानीका लागि दूधपोखरी निर्माण सेवासँग कम्पनीले ठेक्का सम्झौता गरेको छ ।”

चालु आवका निम्ति अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्‍याइएको सूचना अधिकारी सुनारले जानकारी दिए ।

“सिर्दीबासमा चालु आवमा पहिलोपटक चामल पुर्‍याइएको हो,” उनले भने, “पहिलो लटमा सिर्दीबास डिपोका लागि ६७ क्विन्टल स्टिम जिरा मसिनो चामल पुर्‍याइएको हो ।”

कम्पनीले गोरखा बजारदेखि सिर्दीबास डिपो र नाम्रुङ बिक्री केन्द्रका निम्ति चामल ढुवानी गर्न दूधपोखरी निर्माण सेवा एन्ड सप्लायर्ससँग ठेक्का सम्झौता गरेको छ । चुम्लिङ बिक्री केन्द्र र माछाखोला डिपोका निम्ति लिलिएन घले कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरिएको उनले जानकारी दिए ।

खाद्य कम्पनीले सिर्दीबास डिपोबाट बिक्रीका निम्ति सोना मन्सुली चामल प्रतिकिलो ५६ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८८ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै, माछाखोला डिपोबाट बिक्रीका निम्ति सोना मन्सुली चामल प्रतिकिलो ५४ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८८ तथा नामरुङ बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो ६५ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९१ रुपैयाँ मूल्य तोकेको छ ।

चुम्लिङमा रहेको बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो ६५ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९० रुपैयाँमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले नामरुङ र चुम्लिङ बिक्री केन्द्रमा पनि तत्कालै चामल ढुवानी गर्न ठेकेदार कम्पनीसँग छलफल गरिरहेको सूचना अधिकारी सुनारले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro