site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रतीक थापा र बेचन झा पक्राउ परे आउन सक्छ नयाँ ‘ट्विस्ट’ !

काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये ६ जनालाई उच्च अदालत पाटनले धरौटीमा छाड्यो ।  सो आदेशसँगै अब उक्त मुद्दा कमजोर हुन लागेको हो कि भन्ने आशंका उठ्न थालेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, हरिभक्त महर्जन र रामशरण केसीलाई शुक्रबार थुनामुक्त गर्ने आदेश गरेको हो ।

उनीहरुलाई जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै जनही १० लाखदेखि ३० लाखसम्म धरौटीमा छाड्ने अदेश गरेको हो ।  सो प्रकरणमा थुनामा रहेका कूल १६ जनामध्ये ९ जनालाई भने जिल्ला अदालतको आदेशलाई नै सदर गर्दै थुनामै राख्नुपर्ने आदेश गरेको छ ।

त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हकमा भने न्यायाधीशकै राय बाझिएको छ । खाँणबारे अर्को पेसीपछि मात्रै निर्णय हुनेछ ।

पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा विज्ञ डा. इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र पूर्वसांसद आङटावा शेर्पा भने पुर्पक्षका लागि थुनामै रहने छन् ।

Global Ime bank

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नेपालीबाट करोडौं रकम असुली गरेको आरोप उनीहरुमाथि छ । पक्राउ परेकामाथि प्रहरीले ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । 

कुल ३० जनामाथि मुद्दा चलाएकोमा २० जनालाई अदालतमा उपस्थित गराएको थियो । केही जिल्ला अदालतलेसमेत धरौटीमा छाड्ने आदेश गरेको थियो भने अझै केही फरार छन् । उनीहरू सबैलाई १ असारमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

पाँचवटा जाहेरीमाथि अझै अनुसन्धान हुँदै

भुटानी शरणार्थी प्रकरणमा जोडिएका आरोपी धरौटीमा छुट्न थाले पनि उनीहरुमाथि अझै प्रहरीले अनुसन्धान जारी नै रहेको जनाएको छ । पहिलो चरणको अनुसन्धान सकेर मुद्दा अदालती प्रक्रियामा रहेकै बेला सोही प्रकृतिको थप जोहेरी प्रहरीमा परेको थियो । 

सोही जाहेरीमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको हो । हाल प्रहरी थुनामै रहेका सानु भण्डारी, सन्देश शर्मा र केशव दुलालका नाममा करिब एक सय पीडीतले पाँचवटा जाहेरी दर्ता गराएका छन् । 

उक्त जाहेरीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान जारी राखेको परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनीहरु थुनामै रहेका बेलासमेत कारागारमै पुगेर प्रहरीले उनीहरुको थप बयान लिएको छ ।

प्रतीक र बेचन झा पक्राउ परे आउन सक्छ नयाँ ‘ट्विस्ट’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा लागेका केही आरोपी पक्राउ परे अझै घटनाले नयाँ ‘ट्विस्ट’ आउने प्रहरीको दाबी छ । 

सो प्रकरणमा हाल प्रहरीको फरार सूचीमा रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, डा. इन्द्रजित राईका छोरा निरज राई र विचौलिया बेचन झा पक्राउ परे घटनाले थप नयाँ ‘ट्विस्ट’ आउने प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले फरार प्रतीक थापालगायतको खोजी जारी रहेको बताए । 

“यो प्रकरणको अनुसन्धान सकिएको छैन । प्रतीक थापा, बेचन झा भन्ने मान्छे पक्राउ परेपछि नयाँ तथ्य खुल्न सक्छ । उनीहरुसँग थप प्रमाण भेटिए अहिले थुनामुक्त भएकाहरु पुनः पक्राउ पर्न पनि सक्छन्,” एसएसपी खत्रीले भने ।

प्रतीक थापा र बेचन झामार्फत् ठगीको रकम विभिन्न व्यक्तिसम्म पुगेको आशंका गरिएको छ ।  उच्च अदालतको आदेशले धरौटीमा छुटेका रामशरण केसीमार्फत २ करोड बेचन झा ले बुझेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको थियो ।

उनले आफू भारतीय दूतावास नजिकको भनेर परिचय गराएका थिए । झाको नेपाली कांग्रेसका नेताहरुसँगसमेत निकटता देखिएको प्रहरीको दाबी छ ।  प्रहरीको अनुुसन्धानले उनी वीरगञ्जका व्यवसायी भएको खुलाएको थियो ।

393124802_2148080195531505_4377936798335425891_n-1701662777.jpg

गृहसचिव टेकनारायण पाण्डेसँग पनि उनको सम्बन्ध खुलेको थियो । गिरोहका सदस्यहरूलाई गृहका अधिकारीसँग सम्बन्धसमेत उनैले बनाइदिएको प्रहरीको दाबी छ । गृहमन्त्री बालकृष्ण खाँण र सचिव पाण्डेलाई गिरोहसमक्ष भेट गराउने व्यक्ति नै झा रहेको अनुसन्धानबाट खुलुको छ ।

हाल उनी फरार छन् । त्यस्तै भुटानी प्रकरणपछि प्रतीक थापासमेत फरार छन् । उनी भारत हुँदै तेस्रो देश पुगेको आशंका प्रहरीको छ । उनी पक्राउ परे थप नयाँ तथ्य खुल्न सक्ने प्रहरीले जनाएको छ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेमाथि अझै प्रहरीले ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu