site stats
बाह्रखरी :: Baahrakhari
कला
‘मायाबी’ निर्देशक दिवाकर भन्छन्– यो सिनेमाले पल शाहको करिअर उठाउँछ 

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मायाबी’को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा करिब दुई महिना लगाएर सिनेमाको छायांकन गरिएको हो । 

पोखरा केन्द्रित कथा भन्ने चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्देशक भट्टराईले ‘‘मायाबी’ विशेष हुने बताएका छन् । आफ्नो र पल शाहका लागि पनि विशेष हुने उनको भनाइ छ । पलको करिअर माथि उठाउने निर्देशक भट्टराईको दाबी छ । 

चलचित्रमा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन,लगायत कलाकारको अभिनय छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्