site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्छ : शर्मा
फाइल तस्बिर ।

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्ने बताएका छन् ।

उनले हिजोको अवस्थामा मुलुकको विकासका निम्ति राजसंस्थाले गरेका काम र अहिलेको विकासको अवस्थाका विषयमा पनि समीक्षा गरेर समाजलाई बुझाउनुपर्ने जिम्मेवारी आएको बताए ।

शनिबार बुटवलमा कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनमा उनले अहिले केही पुराना र नयाँ दलहरूले ‘मिसन २०८४’ का नाममा गरेको कार्यक्रम आफूहरूका निम्ति जरुरी नभएको पनि बताए ।

उनले अब बलियो कांग्रेस बनाउन सबैको संकल्प आवश्यक रहेकामा जोड दिए । देश बनाउने संकल्प अब लुम्बिनीबाट सुरु गर्न उनले आह्वान गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro