site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुई नेपाली ‘युवती’लाई यौन केन्द्रमा बेचिएको खुलासा, ‘टार्गेट’मा एकल महिला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा दुई नेपाली ‘युवती’ बेचबिखनमा परेको खुलासा भएको छ । भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई उनीहरूलाई त्यहाँ पुर्‍याइएको नेपाल प्रहरीको अनुसन्धानका क्रममा पत्ता लागेको छ ।

सो घटना अर्थात् मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका–८ की ३९ वर्षीया मुना ठकुरी भनिने मुनाकुमारी मल्ललाई पक्राउ गरेको छ । गएको बिहीबार प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

Dabur Nepal
NIC Asia

मुनाकुमारीलाई बाँकेकै नेपालगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुर्खेत, दैलेखलगायत पहाडी जिल्लाबाट महिलालाई भारतमा आकर्षक रोजगारी दिलाउने भन्दै त्यहाँ लगेर बेचिएको उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

मुनाकुमारीले भारतमा घरको सरसफाइमा राम्रो कमाइ हुने प्रलोभन देखाई महिलालाई नेपालबाट लैजाने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलासा भएको छ । उनले आर्थिक अवस्था कमजोर भएका र कम पढेलेखेका एकल महिलालाई ‘टार्गेट’ बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

पीडितलाई दिल्लीबाट अन्यत्र स्थानमा समेत यौन गतिविधिका निम्ति पठाउने गरिएको थियो । पीडित भागेर हिँड्दा समेत पिछा गरेर समाती पुनः सोही गतिविधिमा लगाउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलको टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्युरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro