कला
काठमाडौं । बलिउड सिनेमा ‘एनिमल’ले पहिलो दिन भारतमा ६३ करोड ८० लाख भारतीय रुपैयाँ कलेक्सन गरेको छ । शुक्रबारबाट रिलिज भएको चलचित्रले भारतीय बजारबाट ६३ करोड ८० लाख कलेक्सन गरेको हो ।
बलिउडमा यो सिनेमाको हिन्दी भर्सनले मात्रै शुक्रबार ५४ करोड ७५ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले उल्लेख गरेका छन् ।
साउथमा मात्रै यो सिनेमाले ९ करोड ५ लाख कलेक्सन गरेको छ ।
सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्र ‘एनिमल’मा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८० १३:३१
प्रतिक्रिया दिनुहोस्