site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हटाइए वीर अस्पतालका निर्देशक डा. पौडेल

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई पदबाट हटाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनको पदीय जिम्मेवारी खोसेका हुन् । 

निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भनिएको छ । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको बताए ।

डा. पौडेलमाथि नेकपा एमालेको क्रियाशील सदस्यको रुपमा काम गरेको उजुरी परेको थियो । सोही उजुरीमाथि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरी मन्त्रालयलाई कारबाहीको सिफारिस गरेको थियो ।
 
यद्यपि, डा. पौडेलले आफू कुनै दलमा सक्रिय नभएको र उजुरीको विषय यसअघि नै टुंगिसकेको बताउँदै आएका छन् ।

उनी २०७९ फागुनमा दुई वर्षे कार्यकालका लागि वीरको निर्देशक नियुक्त भएका थिए ।  

वीर अस्पताल निर्देशकविरुद्ध कारबाही गर्न मन्त्रालयलाई पत्राचार

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro