site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोमाञ्चक पहिलो हाफमा बुटवल र धनगढी गोलरहित बराबर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी रोमाञ्चक खेलको पहिलो हाफमा दुवै टिमले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने सकेनन् ।

१९औँ मिनेटमा बुटवलका एरिक विष्टको फ्रिकिकलाई धनगढीका गोलकिपर मोहम्मद ताहाले मुश्किलले जोगाए । धनगढीका आशिष चौधरीले जिलेश्पीजंग कार्कीलाई लडाएपछि १८ यार्ड बक्सको राइट साइडबाट बुटवलले फ्रीकिकको अवसर पाएको थियो । जसमा एरिकको प्रहार ताहाले जोगाए । सोही रिबाउन्डमा धनगढीका अभिषेक गुरुङले आफ्ना साथी खोज्ने प्रयास गरेपछि बुटवलका सरोज तामाङले बल जित्दै गरेको डिफ्लेक्ट हुँदै पेनाल्टी बक्सबाहिर पुगेपछि धनगढीको खतरा टरेको थियो ।

२५औँ मिनेटमा धनगढीका अहमद हिजाजीले गरेको प्रहार पोस्टमा लागेर फर्कियो । आशिष चौधरीले लेफ्ट साइटबाट निकालेको कट पासलाई ताहाले पहिलो टचमै प्रहार गरेपछि ‘फर्स्ट बार’ मा लागेर बाहिरिएपछि धनगढी अग्रता लिनबाट चुकेको थियो । 

३६औँ मिनेटमा एरिक विष्टको कर्नरमा जिलेश्पीले गरेको हेडर धनगढीका अभिषेक गुरुङले गोललाइनबाट क्लियर गरेपछि बुटवल पुनः अग्रता लिनबाट विमुख भएको थियो । रिबाउन्डमा सेर्जे सङको प्रहार धनगढीका कप्तान देवेन्द्र तामाङबाट डिफ्लेक्ट भयो । सोही समयको काउन्टरमा धनगढीले मौका बनाए पछि अभिषेक गुरुङको ‘फ्री हेडर’ ले दिशा लिन सकेन । आशिष चौधरीले राइट साइडबाट बल अघि बढाउँदै फरवार्ड हिजाजीलाई खोजेका थिए । हिजाजीले क्रस निकाले पनि पेनाल्टी बक्सभित्र अनमार्क रहेको अभिषेकको हेडर पोस्टभन्दा बाहिरबाट हुँइकियो । 

४०औँ मिनेटमा बुटवलका सङले १८ यार्ड बक्सभित्रबाट गरेको प्रहार धनगढीका गोलकिपर मोहम्मद ताहाले मुश्किलले जोगाउँदै खतरा टारे ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro