site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

अनुदान दिने निर्णय गर्न अगाडि सर्ने तर कार्यान्वयन गर्न कहिल्यै गम्भीर नहुने सरकारको स्वभावका कारण राज्यको साख गिराएको छ ।  यही कारणले बर्सेनिजसो किसानहरू खेतीपाती छाडेर आन्दोलनमा उत्रने गरेको देखिएको छ ।

विशेषगरी उखु किसानहरू सरकारको अनुदान र आश्वासनको चक्करमा पर्ने गरेका छन् । कतिपय वर्ष त उनीहरू बालीकै मूल्यसमेत पाउनसमेत आन्दोलन गर्न बाध्य भएका थिए । सरकारी अनुदान त झन् यसै समयमा पाइँदैन ।

कञ्चनपुरका उखु किसानले गत वर्ष नै राज्यबाट पाउनुपर्ने अनुदान रकम अहिलेसम्म पाएका रहेनछन् । आफूले उत्पादन गरेको उखु नेपालको चिनी कारखानालाई विक्री गरेबापत समर्थन मूल्य चिनी मिलको व्यवस्थापन र सरकारले  किसानलाई दिन्छन् ।

अहिले राज्यले उखुकिसानलाई प्रतिक्विन्टल ७० रूपियाँ अनुदानबापत दिने गरेको छ । त्यसका आधारमा कञ्चनपुरका किसानले राज्यबाट ३२ करोड रुपियाँ पाउन बाँकी रहेको देखिन्छ । यो देशभरका उखु किसानको साझा समस्या हो ।

विगत केही वर्ष लगातार उखु किसानहरू तराईबाट आएर काठमाडौंमा आन्दोलन गरेका थिए । राज्यले भने उनीहरूसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने बेइमानी गर्दै आएको छ । यस्तै रहे सायद कञ्चनपुरका किसानहरूको नियति पनि फरक हुनेछैन ।

कार्यान्वयन गर्नु थिएन वा नसकिने थियो भने सरकारले किसानलाई अनुदानको लोभै देखाएको भए हुन्थ्यो । त्यस अवस्थामा किसानले कि त जहाँ बालीको भाउ पाउँथे त्यहीँ बेच्थे वा उखु खेती नै गर्दैनथिए ।  

सरकारले यसरी ढाँट्ने गर्न थालेपछि नागरिकमा राज्यप्रति नै अविश्वास र वितृष्णा उत्पन्न हुन्छ । यस्तै वितृष्णा र क्षोभ विद्रोहको कारण बन्नपुग्छ । विडम्बना, शासकहरू जानीजानी नागरिकसँग खेलाँची गरेर विग्रहको बीजारोपण गर्छन् ।

अहिले ठूला राजनीतिक दलका शीर्ष नेतृत्व लक्षित आक्रोश बढ्दै गएको देखिएको छ । नागरिकमा बढेको आक्रोशलाई उनीहरूले ‘शासन प्रणालीविरुद्ध’ भन्ने अर्थ लाउन खोजे पनि जनता व्यवस्थाको नभएर अवस्थाबाट दिक्क भएका हुन् ।

अपेक्षाकृत शान्त र आफ्नै काममा व्यस्त रहने किसानहरूलाई यसरी नै जिस्क्याई रहने  हो भने उनीहरू पनि विद्रोहमा उत्रिन सक्छन् । लाग्छ, अहिदले राजकाज गर्नेहरूले त्यसबेला आइलाग्ने भयावह अवस्थाको आकलनसमेत गरेका छैनन् ।

राज्यले नागरिकको भावना र विशेषगरी श्रमजीवी वर्गको पीडासँग खेलाँची गर्नु नैतिक, सामाजिक र राजनीतिक सबै दृष्टिबाट अस्वीकार्य ह्न्छ । यसैले कञ्चनपुरका उखु किसानलाई परेको मर्कामा सरकारले तत्काल ध्यान दिनु न्यायोचित हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro