site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्समा धूमपान गर्न नपाइने स्थान विस्तार
तस्बिर : एपी ।

काठमाडौं । फ्रान्स सरकारले धूमपानविरोधी नयाँ योजना ल्याएको छ । यो योजनाले देशमा धूमपान गर्नेहरूको संख्या घटाउने लक्ष्य राखिएको छ ।

योजनाअनुसार धूमपान गर्न नपाइने क्षेत्र थप हुनेछन् । फ्रान्सेली स्वास्थ्यमन्त्री ओरेलियन रुसोले सरकारले सन् २०२४ को पहिलो त्रैमासिकमा विभिन्न योजना अघि बढाउने बताए ।

धूमपान गर्नेलाई कति जरिवाना गरिने भन्ने खुलाइएको छैन । विशेष गरी युवालाई धूमपान गर्नबाट रोक्न र गरिरहेकालाई छोड्न मद्दत गर्ने लक्ष्य राखेर यो योजना ल्याइएको हो । धूमपान गर्न नपाइने क्षेत्र समुद्र तट, पार्क, बगैँचा, वन र विद्यालयवरपर हुन् ।

फ्रान्समा धूमपानका कारण प्रतिवर्ष ७५ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । त्यहाँ धूमपानका कारण प्रतिदिन लगभग २०० जनाको मृत्यु हुने गरेको तथ्यांक छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro