site stats
बाह्रखरी :: Baahrakhari
खेल
मेसीले छोडेयता बार्सिलोना पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम–१६ मा 

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना दुई वर्षपछि यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 
मंगलबार सम्पन्न समूह ‘एच’को खेलमा पोर्टोलाई घरेलु मैदानमा २–१ ले हराउँदै बार्सिलोनाले दुई सिजनपछि अन्तिम–१६ मा स्थान पक्का गरेको हो ।

यसअघि पछिल्लो पटक बार्सिलोना सन् २०२०–२१ को सिजन च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । त्यो समय बार्सिलोना अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको कप्तानीमा थियो । उक्त संस्करणमा बार्सिलोना अन्तिम–१६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग समग्रमा ५–२ ले पराजित भएको थियो । 

मंगलबारको जितसँगै पाँच खेलबाट १२ अंक जोडेको बार्सिलोना समूह ‘एच’ को शीर्ष स्थानमा छ । समान खेलबाट समान नौ अंक जोडे पनि पोर्टो दोस्रो र डाइनामो सख्तर तेस्रो स्थानमा छन् । पुछारमा रहेको एन्टवेर्प अंकविहीन छ । 

यो समूहबाट अब पोर्टो र डाइनामो सख्तरबाट एक टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । यी दुई टिमबीचको निर्णायक खेल मंसिर २८ गते हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu