site stats
बाह्रखरी :: Baahrakhari
देश
म्याद गुज्रेको खाद्य सामग्री बिक्री

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्री गर्न आग्रह गरिइएको छ । मूल्यसूची नदेखाउने र बीलविजक जारी नगर्ने ती क्षेत्रका केही होटेललाई बजार अनुगमन समितिले २० हजारका दरले जरिबाना गराउँदै आगामी दिनमा मापदण्डका अधिनमा रही व्यवसाय सञ्चालन गराउन सचेत समेत गराएको छ । 
        
सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञावलीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले गोसाइँकुण्ड जाने धार्मिक मार्ग र कुण्ड स्थलमा रहेका होटेलले म्याद गुज्रेको खाद्य सामग्री बिक्री गरेको र बीलविजक समेत जारी नगरेको अनुगमनका क्रममा फेला पारेको थियो । 

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड जाने भक्तजनलाई खान बस्न बढी मूल्य लिएको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै पहिलोपटक ती क्षेत्रका होटेलको अनुगमन गरिएको जनाइएको छ ।       

अनुगमनका क्रममा ती होटेलबाट बिक्री गरिरहेका पेयपदार्थलगायत विविध खाद्य सामग्री म्याद गुज्रिएको भेटिएको जनाइएको छ । पेय पदार्थगायतका चीज स्थानीयस्तरमै नष्ट गर्दै अब गल्ती नदोहोर्याउने प्रतिबद्धता गराई छोडिएको अनुगमन समितिका सदस्य बृहस्पति तामाङले जानकारी दिए ।  

चन्दनवारीदेखी गोसाइँकुण्डसम्मको ११ होटेल अनुगमन गरिएको उनले बताए । बीलविजक जारी नगर्ने र मूल्यसूची नराख्ने होटेललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिबाना गरिएको सहायक प्रजिअ ज्ञावलीले बताए । यस्तै दुग्ध विकास संस्थानअन्तर्गत चन्दनबारीमा रहेको चिज उत्पादन केन्द्रको पनि उक्त अनुगमन समितिले स्थलगत निरीक्षण गरेको जनाइएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu