site stats
बाह्रखरी :: Baahrakhari
कला
कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवानाको फैसला
फाइल तस्बिर ।

काठमाडौं । कमेडियन अपूर्व क्षितिज आंशिक दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले अपूर्वलाई सार्वजनिक शान्तिविरुद्ध, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रितिस्थितिमा खललसम्बन्धी कसुरमा आंशिक दोषी ठहर गरेको हो ।

उनलाई १० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

नेवारी र उपत्यकाका ठाउँको नामका विषयमा स्ट्यान्डडअप कमेडीका नाममा नेवार समुदायको अपमान हुने गरी अभिव्यक्ति दिएको आरोप लागेपछि उनी ०७९ असोजमा पक्राउ परेका थिए ।

अपूर्वको यसअघिको बन्दी अवधिका विषयमा भने फैसलामा केही नभनिएको अदालत प्रशासनले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu