site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईंका समर्थक पक्राउ

काठमाडौं । काठमाडौंको गौशालामा प्रदर्शन गर्न खोज्ने मेडिकल व्यवसायी दुर्गा प्रसार्ईंको अभियानका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रसार्ईंको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै मंगलबार गौशाला क्षेत्रमा प्रदर्शन गर्न पुगेका केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

सो अभियान समर्थकले सोमबार गौशाला क्षेत्रमा प्रदर्शन गर्दा तनाव उत्पन्न भएको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

मंगलबार गौशाला क्षेत्रमा प्रदर्शनलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यसैबीच, प्रदर्शनका निम्ति गौशाला जान लागेका प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्काइदिएको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro