site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कम्बोडियामा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

नोम पेन्ह । उत्तरपश्चिम कम्बोडियाको सिम रीप प्रान्तको कुलेन माउन्टेनको सडकमा पिकअप ट्रक पल्टिँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

स्वे लेउ जिल्लाका प्रहरी प्रमुख यिप युङछ्याङले दिएको जानकारीअनुसार पहाडको चुचुरोबाट प्यागोडा दर्शन गरेर फर्किदै गरेका यात्रु ओर्लिदै गर्दा दुर्घटनामा परेका हुन् ।

"दुर्घटनामा दुई महिलासहित ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्,"  युङछ्याङले  बताएका छन् ।

कुलेन माउन्टेन यसको झरना र पहाडको टुप्पोमा रहेको बौद्ध प्यागोडाका लागि प्रसिद्ध  छ ।  सीएम रीप प्रान्तको प्रसिद्ध अंकोर पुरातात्विक पार्कबाट लगभग ७० किलोमिटर पूर्वमा अवस्थित छ ।

अत्यधिक तौल र लापरबाहीका कारण दुर्घटना भएको उनको भनाइ छ । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  २३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro