site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सप्तरीबाट पेस्तोल र गोली बरामद

काठमाडौं । सप्तरीमा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ । बलान–बिहुल गाउँपालिका–४, वेल्हीबाट आइतबार पेस्तोलसहित दुई राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले बीओपी बेल्हीको टोलीलाई देख्नासाथ उनीहरूले बोकेको कपडाको पोका छाडी फरार भएका थिए । फरार भएपछि सो पोका चेकजाँच गर्दा कटुवा पेस्तोल र गोली फेला परेको थियो ।

बरामद पेस्तोल र गोली जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro